शास्त्रअनुसार कलियुगमा सबैभन्दा चाँडै प्रसन्न हुने देवताका रुपमा हनुमानजीलाई लिइन्छ । मंगलबार हनुमानजीको जन्म भएको र यो दिन हनुमानजीको विशेष पूजा–अर्चना गरे सर्वश्रेष्ठ फल प्राप्ति हुने विश्वास गरिन्छ । हनुमानजीलाई प्रसन्न पार्न सकेको खण्डमा त्यस्ता व्यक्तिको कार्य आफै सम्पन्न हुने भनाइ पनि छ ।
भगवान श्री रामका परम भक्त हनुमानजीको पूजामा केही विशेष कुरामा ध्यान दिनु पर्ने पण्डितहरुको भनाइ छ । मंगलबारको दिन हनुमानजीको पूजा–पाठ गर्ने व्यक्तिलाई सफलता, शौभाग्य मिल्नुका साथै मांगलिक दोष तथा क्रोध नियन्त्रण जस्ता दुष्प्रभावबाट मुक्ति मिल्नेछ । यस्तै जीवनको सबै मनोकांक्षा पूरा हुने शास्त्रमा उल्लेख छ ।
हनुमानजीलाई प्रसन्न गर्न हनुमान चालिसाको पाठ वा सुन्दरकाण्डको पाठ गर्नु उत्तम हुनेछ । बिहान हनुमानजीको प्रसादको रुपमा गुड, नरिवल, लड्डु चढाउनु पर्छ ।
हनुमानजीको पूजा गर्ने व्यक्तिले ब्रह्मचर्यको पालना गर्न आवश्यक हुन्छ । सफासग्घर रहनुका साथै फोहोरी कुराबाट टाढा रहनु पर्दछ । शरीर तथा मनलाई पनि सँधै शुद्ध राख्नु पर्दछ । पूजामा रातो वा पहेलो रंगको फूल विशेष रुपमा चढाउनु पर्छ । यस्ता फूलमा कमल, गुलाब आदिको विशेष महत्व रहन्छ ।
महाभारतमा पनि हनुमानको महत्वपूर्ण भूमिका, पढ्नुहोस् रोचक कथा‘
रामायणका महत्वपूर्ण पात्र रुद्रअवतार हनुमानलाई ‘चिरञ्जीवी’ वानर पनि भनिन्छ, यानिकी ‘अमर वानर’। जबसम्म धर्तीमा मनुष्यहरूले राम नाम जपिरहन्छन्, तब सम्म रामभक्तहरूको सेवा गर्ने अठोट लिएपछि राम र सीताले उनलाई ‘अमरत्व’को वरदान दिएको रामायणमा उल्लेख गरिएको छ।
हनुमान अझै जिउँदै छन्, यस्ता छन् प्रमाण
यसैकारण नै द्वापरयुगमा घ टेको महाभारत घट नामा पनि त्रेतायुगका हनुमानको महत्वपूर्ण भूमीका रहेको महाभारत ग्रन्थबाट थाहा पाउन सकिन्छ।
भीम र हनुमानको भेट
द्वापर युगमा हनुमानले महाबली कुन्तीपुत्र भीमको परीक्षा लिने निर्णय गरे। महाभारतको ‘वनपर्व’को प्रसङ्गअनुसार, एकचोटि द्रौपदीले भीमलाई सुगन्धीत फूल ल्याउनको लागि आग्रह गरिन् र भीम पनि फूल खोज्न वनतर्फ लागे। जाँदै गर्दा भीमले एक वृद्ध वानरलाई बाटो नै छेक्ने गरी लम्पसार परेर सुतिरहेको अवस्थामा देखे। कुनै पनि प्राणीलाई नाघेर जानु उसको अप मान हुने भएकोले भीमले वानरलाई आफ्नो पुच्छर हटाउन आग्रह गरे।
त्यस वानरले भने “हे वीर, म असाध्यै वृद्ध छु, आफूखुशी पुच्छर चलाउन पनि सक्दिनँ। तिमीलाई कता जानुपर्नेरु अवेर भयो होला, मेरो पुच्छर तिमी आफै हटाऊ र जाऊ।”
त्यसपछि भीमले त्यस वानरको पुच्छर उठाउन आफ्नो १० वटा हात्तीको बल लगाउँदा पनि उठाउन सकेनन्, उठाउनको कुरा त परै जाओस्, हल्लाउन पनि सकेनन्। तब भीमलाई महशुस भयो कि त्यो कुनै साधारण वानर होइन, र उनले सोधे “हे वानर १ तिमी को हौ रु” तब वानररूपी हनुमानले आफ्नो वास्तविक रूप धारण गरे र भीमलाई आफ्नो बलप्रति घ मण्ड गर्नुहुँदैन भनी आशिर्वाद दिएर गए।







