८ श्रावण, ताप्लेजुङ । ताप्लेजुङ सिदिङ्बा गाउँपालिका अध्यक्षद्धारा कार्यालयमा नै सेवाग्राहीमाथी अस्लिल शब्द सहित गाली गरेका छन् ।

उनको अस्लिल हर्कत सहितको भिडियो हाल सामाजिक सञ्जालमा समेत छ्यापछ्याप्ती भएको छ । गएको बैशाख ३० मा भएको स्थानिय तहको निर्वाचनबाट निर्वाचित पालिका प्रमुख मानबहादुर राईले आफ्नो कार्य कक्षमा पदिय मर्यादा भुल्दै अस्लिल हर्कत गरेका हुन् ।

सिदिङ्बा गाउँ पालिका वडा नम्बर ४ मा रहेको सरस्वति मावि निर्माणभईरहेको विद्यालय भवनको रकम विद्यालय व्यावस्थापन समितिको खातामा पालिका अध्यक्षले भूक्तानी नगरी राजनीतिक प्रतिशोध राखि टोल विकास समितिको नाममा भूक्तानि गर्न खोज्दा विवाद भएको हो ।

गाउँपालिका अध्यक्षले अस्लिल हर्कत गरेको भिडियो सामाग्री बाहिरिएपछि अहिले समाजिक संजालमा चौतर्फी बिरोध सुरु भएको छ ।

उनले सेवाग्राहीको नाकमा औँला पुर्याउँदै अश्लिल शब्द प्रयोग गरेका छन् ।

अहिले यश न्युजमा सामाजिक सन्जालमा आएको भिडियोको आधारलाई लिइ समाचार तयार पारेका हौ! तर यो बिषय कसरी सिर्जित भएको हो भन्ने बिषयमा भने यहि कन्चनजङ्घा न्युज मार्फत अर्को शिर्षकमा आउने छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय