
ताप्लेजुङ – ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ मा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
मृत भेटिनेमा मेवाखोला गाउँपालिका ४ ताम्राङका ३३ वर्षीय ओङ्दी शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार शेर्पालाई सोमबार मध्यान्ह साढे १२ बजे मैवाखोला ३ र ४ को सिमाना भई बग्ने ताम्राङ खोलामा मृत भेटिएको हो । मृतक शेर्पा आईतबार साँझ साँघु जानका लागि घरबाट निस्किएको पारिवारिक श्रोतले बताएको प्रहरीको भनाई छ ।
घटनासम्बन्धी स्थानीयले अस्थायी प्रहरी चौकी ढुङगेसाँघुमा जानकारी गराएका थिए । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटेको प्रहरीको टोलीले शवको कानुनी प्रक्रिया पुरा गरेको छ । पोष्टमार्टमका लागि शवलाई जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले बताएको छ । घटनको विषयमा थप अनुसन्धान जारी रहको छ ।