
ताप्लेजुङ । हप्ता दिन देखि बेपत्ता बनेका एक युवा मृत अवस्था फेला परेको छ । मेरिङदेन ५ बस्ने २८ बर्षिय कृष्ण एभेङ गत ४ गते देखि बेपत्ता बनेका थिए ।
बेपत्ता भएको हप्ता दिन पछि आज मेरिङदेन ५ साविक थुकिमा ३ साम्सिङ्वा खोलाको सिवा अलैची बगानमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको के कारणले मृत्यु भएको भन्ने बारेका खुल्न सकेको छैन ।