ताप्लेजुङ । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजना गरिएको प्रथम खुला महिला फुटसल प्रतियोगिताको उपाधि बिरेन्द्र युवा क्लब ‘ए’ले जितेको छ।

शनिबार सम्पन्न फाइनल खेलमा आयोजक कुल कर्ण महिला फुटसल समिति ‘बी’लाई ३–१ गोल अन्तरले पराजित गर्दै बिरेन्द्र युवा क्लब ‘ए’ले उपाधि हात पारेको हो। उपाधिसँगै विजेता टोलीले नगद २५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता आयोजक ‘बी’ले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

तीजलाई फरक ढंगले मनाउँदै महिलाको खेलकुदमा सक्रिय सहभागिता बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा पाँचथरको एक टोलीसहित १८ वटा टोलीको सहभागिता रहेको थियो।

प्रतियोगितामा साङ्क दयोछ्योलिङ गोन्पा विद्यालयकी जेनिला भोटिया उदयमान खेलाडी घोषित भइन्। आयोजक ‘बी’की बबिता पोमु ज्येष्ठ खेलाडी, आयोजक टोलीकै अनुसा लिम्बू सर्वाधिक गोलकर्ता र बिरेन्द्र युवा क्लब ‘ए’की प्रनिता लिम्बू उत्कृष्ट गोलरक्षक घोषित भए। उनीहरूले समान नगद एक हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बिरेन्द्र युवा क्लब ‘ए’की सम्झना लिम्बू घोषित भइन्। उनले नगद दुई हजार पाँच सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन्।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!