
ताप्लेजुङ, माघ २० गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ फुलबारीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा फुलबारीस्थित सिमलबोटेका ३९ वर्षीया सुखमाया श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । बिहीबार अपराह्न बाख्रा चराउन गएकी श्रेष्ठ घर नफर्किएपछि आज बिहान खोजी गर्ने क्रममा मृत अबस्थामा फेला परेको स्थानीयले बताएका छन् । अब्यबस्थित ढङगले जमिनको भाग छुने गरी रहेको बिजुलीको नाङगो तारबाट करेन्ट लागेर श्रेष्ठको ज्यान गएको स्थानीयको भनाई छ ।
शव अहिले घटनास्थलमै रहेको प्रहरीले बताएको छ । कानुनी प्रक्रिया पुरा गर्नका लागि जिल्ला प्रहरी कार्यलय ताप्लेजुङबाट प्रहरी निरीक्षक कुशराम कार्कीको टोलि खटिएको प्रहरी जनाएको छ ।