
कफीको ब्रान्ड जसरी बनाए उसैगरि विगारे
ताप्लेजुङ । पुस २६ गते । जिल्लाको फुङलिङ नगरपालिका–७ स्थित कफि हाउस कुनै बेला कफि हाउस नामले चर्चित थियो । घुमफिरमा आउने वा स्थानिय पनि बेला बेला कफिको स्वादमा रमाउन जाने त्यही कफि हाउस थियो । यतिसम्म भनौ,हातले घोटेर बनाएको कफि हाउसको कफिले करिब–करिब ताप्लेजुङकै परिचय बनाएको थियो । होइन र ? अझ हिउँदको न्यानो घाममा कफि पिउदाको मज्जाको कुरै नगरौ । दुर्भाग्य,समयक्रमसँगै कफि हाउस ‘झानेको रक्सी’ पाउने हाउस भनेर परिचित बन्दै गयो । जसलाई ‘मुस्ताङे’ भन्ने गरिन्छ । ‘मुस्ताङे’ जति चल्दै गयो,उति नै कफि ओझेलमा पर्न थाल्यो । कफिको बजार सदरमुकामस्थित अन्य पसलले लिदै गयो । कफि हाउस भने झैझगडाको अखडा बन्दै गयो । उत्तिकै कफि हाउसको आलोचना पनि । १५/१६ वर्षकादेखि उमेर ढल्केकाहरु समेत ‘मुस्ताङे’ सेवन गर्न कफि हाउस जाने गरेको पाइन्छ । किनकी ‘मुस्ताङे’ ५० रुपैयाँको पनि पाइन्छ । हो,त्यही कफि हाउस नजिकको जंगलमा पुस २४ गते एक जना विद्यार्थी बलात्कृत भएकी छिन् ।
कसरी भईन् बालिका बलात्कृत ?
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार १४ वर्षीया बालिका सदरमुकामस्थित एक विद्यालयमा अध्यनरत थिइन् । दिउँसोको समय विद्यालयमा भएकी बालिकाले उनकै साथीको फोनमा युवकसँग कुराकानी गरिन् । ती यूवकसँग बालिकाको पुरानै चिनजान थियो । फोन कुराकानी लगत्तै बालिका कफि हाउसमा पुगिन् । जहाँ युवकले कफि अफर गरे । बालिकाले स्विकार गरिन् । तर कफि होइन, ‘मुस्ताङे’ खान पुगिन् । बेलकी साढे ४ बजेतिर । दुवै जना कफि हाउस नजिकको जंगलतिर लागे । पसलेलाई उदृत गर्दै प्रहरीले जनाएअनुसार बालिकाले जसरी ‘मुस्ताङे’ खान पनि आनाकानी गरेकी थिइन् । त्यसैगरि नजिकको डाँडामा जान पनि । अन्ततः दुवै जना डाँडाको जंगलतिर गए । त्यसपछि कहाँ गए, के गरे,होटललाई थाहा हुने कुरा भएन् । ती युवकले बालिकाको कुमारीत्व लुटे । केहीबेरमा बालिकाले युवकको फोन खोसे । युवकले किन फोन खोसेको भन्दै खोस्न खोजे । तर बालिकाले साथीलाई फोन गर्ने भनेपछि युवकले छाडिदिए । तर बालिकाले साथीलाई फोन गरेजसो गरि आमालाई फोन गरिन् । लगत्तै आफन्त घटनास्थल पुगे । र,उद्धार गरे । त्यतिबेलासम्म प्रहरीलाई खबर पुगिसकेको थियो । झट्ट सुन्दा र हेर्दा आरोपितको अग्रिम ‘प्लान’ को आभास हुन्छ । यद्यपी प्रहरी अनुसन्धान जारी छ ।
युवकलाई सोमबार (पुस २५ गते) अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरेको छ । डीएसपी कैलाश राईले भने,‘बालिका बलात्कृत त भईन् । धन्न ! बालिकाले ट्याक्निक लगाएर आमालाई फोन गरेकाले थप घटना हुन पाएन् ।’ विद्यालय पोसाकमा भएकी बालिकालाई सम्बन्धित विद्यालयले पनि खोजी नगरेको पाइएको छ । यसैगरि विद्यालय पोसाकमा आएको बालिकालाई मुस्ताङे दिनुमा होटलको कमि कमजोरी हो कि होइन ? भनेर चौतर्फी प्रश्न उब्जिएको छ । यसैगरि कफि हाउसमा मदिरा विक्री वितरणको इजाजत भए नभएको अनुगमन हुनुपर्ने खाँचो औल्याइएको छ । स्मरण रहोस केही वर्ष अघि कफि हाउसमा झैझडाहुँदा एक यूवकले ज्यान गुमाएका थिए । कफि हाउस क्षेत्रमा ‘प्रहरी बिट’ को माग नभएको होइन् । माग सम्बोधन हुन्छ वा हुँदैन अग्रिम भन्न कठिन छ । खैर,अरुको छोरीबुहारी सुरक्षित नहुनु भनेको आफ्नो पनि असुरक्षित हुनु हो । तसर्थ विकृती र विसंगती हटाउन सबैलै मनैदेखि सहयोग गर्नु जरुरी छ । कुनै बेला कफि हाउस जाने भन्दा औधि खूसी हुनेहरु आजभोली कफि हाउसप्रति अरुची बढाउन थालेका छन् । चिया र कफीको ब्रान्ड त्यहीका व्यवसायीले जसरी बनाए उसैगरि विगारे । के कफि हाउसको साख पुरानै अवस्थामा फर्किएला त ?