एजेन्सी। एक समाचार वाचिकाको समाचार पढ्ने क्रममा दाँत फुस्किएको छ ।
युक्रेनमा एक महिला समाचार वाचिका मरिच्का पाडाल्कोले प्रत्यक्ष समाचार वाचन गरिरहेका बेला उनको अगाडिको एउटा दाँत फुस्किएको हो ।
मरिच्काले आफूले समाचार वाचन गरेको २० वर्ष भइसक्दा हालसम्मको सबैभन्दा अकल्पनीय र अनौठो अनुभव रहेको बताउँदै आफ्नो त्यो घटनाको भिडियो इन्स्टाग्राममा अपलोड गरेकी छन् ।
समाचार पढिरहेको भिडियोमा उनको अगाडिको माथिल्लो पट्टिको भाग खुस्किन्छ ।
फुस्किएको दाँतलाई हातमा लिएर अनुहारमा कुनै परिवर्तन नल्याई मरिच्काले पहिलाको जस्तै समाचार वाचन पूरा गगेकी छन् ।
१० वर्षअघि उनकी छोरीले घडीले हान्दा उनको अगाडिको दाँत कमजोर भएको बताइएको छ ।
उनले आफ्नो दाँत झर्दासमेत केही नभएको जस्तो गरेर समाचार वाचन पूरा गरेरेको भन्दै उनको चौतर्फी चर्चा भएरहेको छ ।
मरिच्काका सँगै काम गर्ने साथीहरूले उनको भिडियो देखेपछि उनले आफ्नो दाँत दिनहुँ झर्छ जस्तो गरेर रियाक्ट गरेको प्रतिक्रिया दिएका छन् ।







