-सुरेन्द्र बस्नेत

देशलाई सम्झन्छु
देशको इतिहासलाई सम्झन्छु
ती इतिहास निर्माता बिरलाई सम्झन्छु
अनि सलाम गर्छु
जस्ले गौरवशाली इतिहास दिए।
अनि वर्तमान बिरलाई सम्झन्छु
तिनका चम्चेलाई सम्झन्छु
तिनका आसेपासेलाई सम्झन्छु
तिनका झोलेलाई सम्झन्छु
अनि मेरि श्रीमतीले कुकुरलाई
हिर्काएका थोत्रे जुत्ता
समालेर राख्छु।
म मेरा मुर्खालाई सम्झन्छु
मेरा बाले सुनाको इतिहास सम्झन्छु
जस्ले पाठशालाका लागि
जन,मन,धन तन दिए।
अनि एक लाखको सहयोग पाए भने
पाँच लाखको काम गरे।
अहिलेको वर्तमान सम्झन्छु
ठुला ठुला भाषण सुन्छ
निर्वाचित शासक हेर्छु
तिनका लावालस्कर गाडी देख्छु
तिनका चम्चे ठेक्केदार देख्छु
पाँच लाखको सहयोग आउँछ
एक लाखको काम देख्छु
अनि मेरि श्रीमतीले कुकुरलाई
हिर्काएका थोत्रे जुत्ता
समालेर राख्छु।
राजाले आऊ तिमी र म
देश मिलेर चलाऊ
तिमिलाई प्रधानमन्त्री पद दिन्छु भन्दा।
होईन महाराज
कसैले दिएको प्रधानमन्त्री बन्दिन
जनताद्वरा निर्वाचित प्रधानमन्त्री बन्छु
भन्नेलाई सम्झन्छु।
निरकुंशता,अत्याचार,स्वेच्छाचारीका
बिरुद्ध सांसद पद त के
जिबनकै बलिदान दिन
खोज्नेलाई सम्झन्छु।
अनि तिनकै शाख बादले बाचेका
पर्टिका नेताको पद लोलुप्ता
निरकुंशता,अत्याचार,स्वेच्छाचारी देख्छु
अनि मेरी श्रीमतीले कुकुरलाई
हिर्काएका थोत्रे जुत्ता
समालेर राख्छु।
रोग भोक र शोकले
थलिएर जर्जर देश हेर्छु
राजनीतिमा हराएको
संस्कार,इमान,नैतिकताले
ब्यवस्ता ढल्दै गरेको देख्छु
दुखी हुन पनि नपाई
मरिरहेका लास लासै देख्छु
मृत्युमुखी शासकमा माया त हुन्छ
तर केवल आफ्नै मात्रै
सम्झन्छु यिनिहरुको कुशासनमा
बित्तै गरेको मेरो जवानी
जुन समृद्धिमा जिउने
मेरो जवानिको मूल्य कस्ले तिर्छ।
प्रस्न गर्छु उत्तर पाउदीन।
अनि मेरी श्रीमतीले कुकुरलाई
हिर्काएका थोत्रे जुत्ता
समालेर राख्छु।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!