ताप्लेजुङ । निर्देशक अर्जुन कटुवालको निर्देशनमा तयार गरिएको भावनात्मक म्युजिक भिडियो ‘ताप्लेजुङको सम्झना’ सार्वजनिक भएको छ। ताप्लेजुङका मन लोभ्याउने पर्यटकीय स्थल र प्राकृतिक सौन्दर्यलाई समेटिएको यस भिडियोले जन्मथलोबाट टाढा पुगेका युवाको पीडा र मातृभूमिप्रतिको माया गहिरो रूपमा उजागर गरेको छ।
गायक राजु खवासको मार्मिक स्वर, **कल्याण गुरुङ (दार्जिलिङ)**का अर्थपूर्ण शब्द र पर्वत श्रेष्ठको संगीत संयोजनले गीतलाई अझ प्रभावकारी बनाएको छ। भिडियोका निर्माता काजी गुरुङ हुन्।
भिडियोमा देउमान प्रताप लिम्बू र सुनीता रसाइलीको सशक्त अभिनय देख्न सकिन्छ। सुकेटार, सानिमा हाइड्रोपावरलगायत ताप्लेजुङका रमणीय स्थानमा छायांकन गरिएको भिडियोको क्यामेरा कार्य अर्जुन कटुवाल र आमोश लिम्बूले गरेका छन्।
रोजगारीका लागि विदेशिन बाध्य युवाहरूको वेदना र परदेशमा हुँदा जन्मथलोले सताउने सम्झनालाई कथावस्तुले गहिरो भावनासहित प्रस्तुत गरेको छ।
उक्त म्युजिक भिडियो निर्माता काजी गुरुङको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियोले ताप्लेजुङको सुन्दरता मात्र होइन, युवाको पीडा र देशप्रतिको आत्मीय प्रेमलाई दर्शकको मनसम्म पुर्‍याउन सफल भएको छ।
भिडियो:

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!