गएको फेब्रुअरीको पहिलो दिन फ्रान्सले आफ्नो ३ हजार वर्गमिटर जमित स्पेनलाई कुनै रक्तपात बिना नै सुम्पियो त्यो जमिन अबको ६ महिनापछि शान्त वातावरणमा स्पेनले फिर्ता गर्दैछ ।

पछिल्लो साढे ३ सय वर्षदेखि दुई देशबीचमा लेनदेन भैरहेको यो टापुको नाम हो, फेजेन्ट टापु ।

प्रत्येक बर्ष फेब्रुअरी १ देखि जुलाई ३१ सम्म सो टापु स्पेनको अधिनमा रहन्छ भने अगष्ट १ देखि जनवरी ३१ सम्म फ्रान्सको अधिनमा रहन्छ । दुवै देशले यसरी लेनदेन गर्ने यो टापु २ सय मिटर लामो र ४० मिटर चौडा रहेको छ ।

दुबै देशको सीमा क्षेत्रबाट ५० मिटर टाढा जलक्षेत्रको बीचमा यो टापु रहेको छ । मानिस नबस्ने यो टापुमा दुई देशका जलसैनिक बाहेक अरुलाई जान पनि निषेध गरिएको छ । तर कहिलेकाहीँ सर्वसाधारणका लागि सम्पदा खुल्ला दिवसमा यो टापुमा भ्रमण गर्नका लागि अनुमति दिइन्छ । यस्तो अनौठो नियम भएको यो टापुमा धेरै शाही विवाहहरु तथा कैदी आदानप्रदान समारोहहरु पनि सम्पन्न भईसकेका छन् ।

तर थाहा पाउनु पर्ने कुरा के छ भने सन् १६५९ मा फ्रान्स र स्पेनबीचको तीन वर्षे युद्ध अन्त्य भएर पाइरेनिजको सन्धी भएसँगै यो टापु साझा स्वामित्व अर्थात अधिनमा परेको हो । त्यति बेला देखी नै यहाँ ६÷६ महिने सासन लागू हुँदै आएको छ । -बीबीसी

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!