तपाईले बजारका सामान हुन्, या अनलाइनका बिक्रिका लागि राखिएका सामानमा होस् । केही सामानहरुमा सिंगो रुपैयाँभन्दा एक रुपैयाँ कम राखिएको देख्नु भएको होला । अर्थात् सामानको मूल्य ९९, १९९, ९९९, ९९९९ आदिमा राखिएका हुन्छ । आँखिर त्यस्तो किन गरिन्छ त ? अर्थात १००, २००, १०००, १०००० मूल्य किन राखिँदैन् त ? यो सबैको कौतुहलाताको प्रश्न हुन सक्छ । तर यसको ठ्याक्कै उत्तर पाउन गाह्रो छ । तर पनि यसका दुई कारण हुन सक्छन् ।

१। मनोवैज्ञानिक रणनीति ः एक रुपैयाँ कम मूल्य राख्दा धेरैजसो ग्राहकले उक्त वस्तुको मूल्य तल्लो अंकमै रहेको अर्थात कम नै रहेको अनुभुति गर्दछन् । जस्तै ः सामानको भाउ १ सय ९९ रुपैयाँ हुँदा त्यो २ सय भन्दा एक रुपैयाँ कम भएपनि धेरै ग्राहकहरुले त्यसलाई १ सय मूल्यको अर्थात् सस्तो सामान भन्ने मनोविज्ञान बन्छ । र सामान किन्नका लागि उत्प्रेरित हुन्छन् ।

२। थप रकम लिने प्रपञ्च ः कुनै वस्तुको भाउ एक सय ९९ रुपैयाँ हुँदा ग्राहकले २०० सय रुपैयाँ दिन्छ । बिक्रेताले १ रुपैयाँ फिर्ता गर्नुपर्ने भए पनि पसलेले खुद्रा रकम नभएको भन्दै फिर्ता नदिएर उक्त एक रुपैयाँको अर्को सामान जबर्जस्ती हातमा थमाई दिन्छन् । जसले गर्दा ग्राहकले एक रुपैयाँ अतिरिक्त खर्च गरिरहेको हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!