ताप्लेजुङ । निजी तथा आवासीय विद्यालय शिक्षाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका काजीमान पालुङ्वाको निधनमा ताप्लेजुङका सम्पूर्ण निजी तथा आवासीय विद्यालय एक दिन बन्द हुने भएका छन्।

प्याब्सन ताप्लेजुङका संस्थापक अध्यक्ष तथा कञ्चनजंघा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल पालुङ्वाको निधनप्रति दुःख व्यक्त गर्दै जिल्ला प्याब्सन ताप्लेजुङले भदौ ३० गते मंगलबार एक दिन शोक बिदा दिने निर्णय गरेको हो।

जिल्ला प्याब्सनका अध्यक्ष देवराज गुरुङ र सचिव तरुण भारतीद्वारा हस्ताक्षरित सूचनामार्फत जिल्लाका सम्पूर्ण निजी तथा आवासीय विद्यालय बन्द रहने जानकारी गराइएको छ।

ताप्लेजुङमा निजी विद्यालय शिक्षाको स्थापना, विस्तार र संस्थागत विकासमा पालुङ्वाले पुर्‍याउनुभएको योगदानलाई जिल्ला प्याब्सनले उच्च सम्मानका साथ स्मरण गरेको छ।

उहाँको निधनले जिल्लाको शैक्षिक क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाउँदै प्याब्सन ताप्लेजुङले दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। साथै शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!