ताप्लेजुङ । शैक्षिक क्षेत्रमा योगदान पुर्याउने लिटल बुद्ध बोर्डिङ स्कुलका सस्थापक एवम् पृन्सिपल युवराज गिरी सम्मानित हुनुभएको छ ।
गिरीलाई जिल्ला समन्वय समिती ताप्लेजुङले बुधबार आठौँ जिल्ला सभामा सम्मान गरेको हो ।
हिमाली जिल्ला ताप्लेजुङमै रहि जिल्लालाई शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान गरे बापत गिरीलाई प्रतिनीधि सभाका सदस्य एवं पुर्व मन्त्री योगेश कुमार भट्टराई, कोशी प्रदेश सरकारका उद्योग,कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम,प्रदेशसभा सदस्य तथा कोशी प्रदेश सरकारका पूर्वमन्त्री तिलकुमार मेन्याङ्वो सहितको उपस्थितिमा सम्मान-पत्रले सम्मान गर्नुभएको हो ।
गिरी हाल जिल्ला बाहिर रहनु भएका उपस्थिति जनाउन नसकेकोमा दुख समेत व्यक्त गर्नुभएको छ।







