
काठमाडौँ । अमेरिकाविरुद्धको टी–२० आई शृंखलाअन्तर्गत दोस्रो खेलमा पनि नेपालले जीत निकालेको छ । आइतबार बिहान भएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित गरेको हो ।
नेपालले जीतका लागि दिएको १७१ रनको लक्ष्य पछ्याउँदै अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७० रन बनाएको थियो । त्यसपछि खेल सुपर ओभरमा पुगेको हो । अमेरिकालाई अन्तिम ओभरमा जितका लागि ८ रन चाहिएको थियो ।
जसदीपले खेल सुपर ओभरमा लगेका थिए । उनी अन्तिम बलमा दुई रन लिने कोसिस गर्दा दीपेन्द्रसिंह ऐरी र विकेटकिपर आसिफ शेखबाट क्याच आउट भए ।
सुपर ओभरको पहिलो र दोस्रो बलमा सोमपालले सयन जहाँगिर र आन्द्रेस गसलाई समान एक रन दिएका थिए । तेस्रो बलमा सयन बोल्ड भए भने चौथो बलमा आरोन जोनेस शून्य रनमा क्याच आउट भए । त्यसपछि नेपालले तीन रनको लक्ष्य पाएको थियो। उक्त लक्ष्य नेपालले चार बलमा कुनै विकेट नगुमाइ पूरा गर्यो। सुपर ओभरमा कुशलले एक रन बनाए । रोहितकुमार पौडेलले तीन बलमा दुई रन बनाएका थिए ।