५ असोज, ताप्लेजुङ । अन्तर्राष्ट्रिय रेड पाण्डा ट्रेल म्याराथन प्रतियोगिताको महिला तर्फको प्रथम कुमारी गुरुङ हुनुभएको छ । हिमाली संरक्षण मञ्च ताप्लेजुङको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगिताको महिला तर्फको प्रथम फुङलिङ नगरपालिका ६ ताप्लेजुङकी गुरुङ हुनुभएको हो ।

विश्व रेड पाण्डा दिवसको अवसरमा शनिबार भएको प्रतियोगितामा महिला तर्फको प्रथम भए सँगै उहाँले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नु भएको छ । दोस्रो ओखलढुङ्गाकी लाक्पा ङिमा हुनुभएको छ भने तेस्रो ताप्लेजुङकै दासाङगी शेर्पा हुनुभएको छ । उहाँहरूले क्रमश: ३० हजार र २० हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गर्नु भएको छ ।

यता पुरुष र महिलाको गन्तव्य स्थान एउटै भए पनि पुरस्कारमा फरक पारिएको छ। पुरुष र महिला म्याराथनका धावकलाई एकैपटक र एकै समयमा दौडाए पनि सबैभन्दा पहिला दौड पूरा गर्ने एकजनालाई म्याराथनका विजेता घोषित गरी नगद १ लाख रुपैयाँ पुरस्कार तोकिएको थियो भने सर्बोत्कृष्ट धावक बाहेक पुरुष र महिलातर्फका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५०, ३० र २० हजार रुपैयाँ नगद पुरस्कार मात्र तोकिएको छ। पुरस्कारको राशी फरक पार्दा महिला र स्थानीय समेत अन्यायमा परेको स्थानीय बताउछन् ।

विश्वमै लोपोन्मुख अवस्थामा रहेको रेड पाण्डा (हाब्रे) को संरक्षण र संरक्षणको महत्व, पर्यटन प्रबर्द्धन, स्थानीय अर्थतन्त्रको सुदृढीकरणका लागि म्याराथनको आयोजना गरिएको हो । म्याराथनको दूरी ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारको तोक्मेबाट ३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरा धामसम्म पुगेर पुनः फुङलिङ बजारको तोक्मेसम्म ४८ किलोमिटरको दुरि निर्धारण गरिएको थियो ।

प्रतियोगितामा महिला र पुरुषलाई एउटै समयमा संयुक्त रुपमा दौडाइएको थियो । प्रतियोगिताको उपाधि पाँचथरका विशालले हात पार्नु भएको थियो भने पुरुष तर्फको प्रथम बझाङका करण रावल र दोस्रो ताप्लेजुङका रमेश लिम्बुले हात पारेका छन् । पाथीभरा क्षेत्रमा रेडपाण्डाको बासस्थान भएकाले समय–समयमा तिर्थयात्रीले समेत रेड पाण्डा भेट्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय