ताप्लेजुङ – घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङको अध्यक्षमा पुन राजेन्द्र भारती चयन हुनु भएको छ । शनिवार सम्पन्न नवौं जिल्ला अधिवेशनबाट भारती पुन दोश्रो कार्यकालका लागि चयन हुनु भएको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा नरबहादुर सुनाम, प्रथम उपाध्यक्षमा हर्कराज गुरुङ, द्वितीय उपाध्यक्ष मातृकादेवी प्रसाई चयन भएका छन् । अघिल्लो कार्यकाल महासचिव रहेका हर्कराज उपाध्यक्षमा गएपछि महासचिवमा पासाङरिता शेर्पा, सचिवमा कोपिला नेपाली, कोषाध्यक्षमा लिला सुनुवार चयन भएका छन् ।

२२ सदस्यीय समितिको सदस्यमा शान्ति मादेन, गोमा कार्की, मणि सेम्बू, जितमाया लिम्बू, कमल बिष्ट, ज्ञान प्रसाद भारती, मिलन नेपाली र सानुमाया लिम्बू चयन भएका हुन । यस्तै मनीषा भट्टराई, आशा लिम्बू आङबुहाङ, सनज्योती साँवा लिम्बू, भगीमाया गुरुङ, हर्कमाया गुरुङ, गणेश दाहाल, मानबहादुर गुरुङ चयन भएका छन् । सल्लाहकार संयोजकमा सन्तोष खतिवडा र सदस्यमा ज्ञानप्रसाद मिश्र र कुमार सिवा चयन भएका छन् ।

यस्तै ७ औँ महिला उद्यमी सम्मेलनबाट अध्यक्ष बिष्णु श्रेष्ठ चयन हुनु भएको छ । उहाँको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन भएको छ । उपाध्यक्षमा शान्ती सिवा, सचिव नैनाकला गुरुङ र कोषाध्यक्षमा बिमाया शेर्पा चयन हुनु भएको छ ।

अधिवेशनको क्रममा संस्था स्थापना गरेर सञ्चालनमा ल्याएका खतिवडा, मिश्र र सिँवालाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । उद्घाटन कार्यक्रममा उद्योग महासङ्घको प्रदेश अध्यक्ष अञ्जु उपाध्याय, केन्द्रीय महासचिव डम्बर रेग्मी, मोरङ अध्यक्ष चेतन निरौला, इलाम अध्यक्ष दिनेश श्रेष्ठ, उदयपुर महासचिव लेखबहादुर श्रेष्ठको उपस्थिति रहेको थियो । जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!