ताप्लेजुङ। ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मैवाखोला गाउँपालिका २ का ३५ वर्षीय भिमकुमार तामाङ रहेका छन् ।

मंगलबार दुर्घटनामा परि गम्भिर घाईते भएका तामाङलाई थप उपचारका लागि जिल्ला बाहिर लाने क्रममा बाटोमै बुधबार बिहान साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार तामाङको टाउको र शरिरको विभिन्न भागमा गम्भिर चोट लागे थियो । मंगलबार बेलुकी करिब ८ बजे कागतेस्थित भित्री सडक खण्ड भुसुने स्वास्थ्य ईकाईबाट फर्कने क्रममा प्र १–०२–००३ त ९६० नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरी निरीक्षक लुङगेलीले बताउनु भएको छ।

उकालो बाटोको हिलाम्मे सडकमा ट्याक्टर फसेकाले चालक सलबहादुर तामाङ ओर्लिएर ट्रलि खोलि ओठ लगाउने क्रममा एक्कासि भिमकुमारले ट्याक्टर चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । भिमकुमारले ट्याक्टर चलाई करिब १ सय मिटर लगेपश्चात सडकबाट २० मिटर तल झरि दुर्घटना भएको हो।

घाईते भिमकुमारलाई मंगलबार राति करिब ११ बजे जिल्ला अस्पताल ताप्लेजुङमा भर्ना गरिएको थियो । उनको यहाँ उपचार सम्भव नभएपछि चिकित्सकले थप उचारका लागि सोहि रात जिल्ला बाहिर रेफर गरेका थिए ।

मृतक तामाङको शवलाई कानूनी प्रक्रियाका लागि जिल्ला अस्पताल ताप्लेजुङको शव गृहमा राखिएको छ । चालक सलबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । ट्याक्टर भनेर घट्नास्थलमै रहेको र तत्काल निकाल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!