ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष विकास साम्रा लिम्बुले आफ्नो जन्मदिनको अवसरमा मनसुन प्रभावितलाई खाद्यान्न वितरण गर्नु भएको छ । लिम्बुले बुधबार आफ्नो पालिका १० परिवारलाई खाद्यान्न वितरण गर्नुभएको हो ।

फक्ताङलुङ गाउँपालिकाका–१ सावादिन, तेम्रुङका दुई परिवार र वडा नं. २ खेजेनिमका ८ गरी १० प्रति परिवारलाई एक बोरा चामल, दुई÷दुई प्याकेट नुन, एक÷एक केजी दाल र एक प्याकेट तेल वितरण गर्नु भएको राजीव माबोहाङले जानकारी दिनु भएको छ।

जन्मदिनको अवसरमा विभिन्न भोज आयोजना गर्नुको सट्टा बाढी पीडितमा थोरै भएपनि मलमपट्टी होस भनेर सहयोग गरेको बताउँदै उपाध्क्षय लिम्बुले सम्भावित जोखिममा सुरक्षित रहन स्थानीयलाई आग्रह समेत गर्नु भयो ।

उपाध्यक्ष लिम्बुको गत जेठ ३१ गते घर बगाउँदा बुबा रामबहादुर साम्रा लिम्बु, आमा जसमाया साम्रा र जुम्ल्याहा बहिनी १२ वर्षीया गंगा र जमुना साम्रा लिम्बुको मृत्यु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!