खोटाङमा जारी कोशी प्रदेश स्तरीय महिला फुटवल प्रतियोगितामा आयोजक खोटाङलाई ४-० गोल अन्तरले स्तब्ध पार्दै ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुईपा खोटाङ रंगशालमा शुक्रबार भएको प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा घरेलु दर्शकको साथ पाएको खोटाङविरुद्ध पहिलो हाफको सुरुवाति समयमा ताप्लेजुङको तर्फवाट डोल्मा शेर्पाले गोल गरिन् ।
अधिकाशं समय खोटाङलाई दबाबमा राखेको ताप्लेजुङले दोस्रो हाफमा ३ गोल गर्यो । दोस्रो हाफको १० औं मिनेटमा विनिता खबासले गोल गरेर अग्रता दोब्बर बनाईन् ।
२८ औं र २९औं मिनेटमा क्रमस : सुस्मा लिम्बू र अनुषा लिम्बूको गोलसँगै फरकाकिलो जितकासाथ ताप्लेजुङ सेमिफाइनलमा पुगेको छ ।
आसार २५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेशका १४ वटै जिल्लाको सहभागिता रेहेको छ ।







