-तरुण भारती
६ असार ,ताप्लेजुङ । सडक सुशासन कायम गर्दै सवारी दुर्घटना न्यूनीकरण गर्न ताप्लेजुङमा साताव्यापी कार्यक्रम बिहिबारबाट सुरु भएको छ । बिहिवार समुद्घाटन कार्यक्रम गरि जिल्लाामा ट्राफिक सप्ताह सुरु गरिएको हो । फुङ्लिङ बजारको तोक्मे समुद्घाटन गरिएको कार्यक्रममा तोम्मे देखि बिरेन्द्र चौकसम्म र्याली गरिएको थियो । ताप्लेजुङ ट्राफिक सप्ताह असार ६ गते देखि १३ गते सम्म सञ्चालन हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले बिहीवारदेखि जिल्लाका बिभिन्न स्थानमा सवारी दुर्घटना न्यूनीकरण सम्वन्धी सचेतना मूलक कार्यक्रम गर्न लागेको हो ।आजदेखि सुरु भएको ट्राफिक सप्ताहमा सडक सुशासन र दुर्घटना न्यूनीकरण सम्वन्धि कार्यक्रम गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख दिपक न्यौपानेले जानकारी दिनु भएको छ।

ट्राफिक सप्ताह कार्यक्रम अवधिभर ताप्लेजुङ जिल्ला भरिनै सवारी चालक तथा सह-चालकलाई जनचेतना अभिवृद्धि गराउने उद्देश्यले विभिन्न ट्राफिक सचेतनामूलक पर्चा पम्प्लेट वितरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ । यसै गरी सवारी साधनको मेकानिकल चेकजाँच समेत अनुभवी मेकानिकद्वारा सडकमै गर्ने र सवारी साधनमा आवश्यक पर्ने कागजात सवारीको अवस्था र सवारी साधन चलाउँदा ध्यान दिनु पर्ने कुराहरूको विषयमा सडकमै प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङले जनाएको छ ।
कार्यक्रममा विद्यालय सम्पर्क कार्यक्रम तथा सार्बजानिक स्थलहरूमा समेत सडक प्रयोगकर्ताहरू भेला जम्मा गरी ट्राफिक नियम सम्बन्धी प्रशिक्षण कार्यक्रम एवं जिल्ला भरका विभिन्न स्थानीय निकाय, सरोकारवालाहरू सँग समन्वय गरी ट्राफिक व्यवस्थापन कार्य एवं फुटपाथ व्यवस्थापन, पार्किङ व्यवस्थापन लगायत दुर्घटना न्यूनीकरण सम्बन्धमा आवश्यक सहकार्य गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा सम्पूर्ण सडक प्रयोगकर्ताको लागि विभिन्न मिडिया मार्फत संदेशहरु प्रवाह गर्नुका साथै माइकिङद्वारा समेत ट्राफिक सचेतना सम्बन्धी सन्देशहरू प्रवाह गरिने कार्यालय प्रमुख न्यौपाने बताउनुभयो।







