-तरुण भारती

२ असार, फुङ्लिङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिका नगर शिक्षा शाखाले संस्थागत र सामुदायिक गरि कुल ४८ बिद्यालयका प्रतिनिधिहरुलाइ दुइ दिने एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) सम्बन्धि क्षमता विकास तालिम प्रदान गरेको छ ।

असार १ र २ गते सम्पन्न भएको उक्त तालिममा सामुदायिक तर्फ १७ र संस्थागत ७ गरि पहिलो चरणको तालिम सम्पन्न गरिएको छ।

भोलीबाट दोस्रो चरणको सुरु हुनेछ भने तालीममा सहभागीले बिद्यालयहरुलाई तथ्यांक अपलोड गर्न र डाटा सुरक्षामा सघाउ पुग्ने नगर शिक्षा प्रमुख प्रकाश पौडेलले बताउनुभयो ।

यस तालिमबाट लिएको ज्ञान र शिपलाइ बिद्यालयहरुले लागु गर्न सके बिद्यालयमा हुने सबै अनलाइनका कामहरु चुस्तदुरुस्त हुनुका साथै अपडेट समेत रहिरहने शिक्षा प्रमुख पौडेलको भनाइ रहेको छ ।

यो इएमआईएमा आइएसले बिद्यालयको परिक्षा संचालन, परिक्षाफल प्रकाशित लागाएत सम्पुर्ण शैक्षिक क्यालेन्डर बमोजिम बिद्यालयहरु अपडेट रहने नगर शिक्षाका प्राविधिक सहायक त्रिबिक्रम आङ्बोको कथन रहेको छ ।

आइतबार भानु माबिको आइटी हबमा सम्पन्न पहिलो चरणको तालिमको सहजिकरण पुन्यप्रसाद भट्टराईले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!