ताप्लेजुङ – ताप्लेजुङमा पहिलो पटक बिश्वकर्मा युवा संगठन गठन भएको छ । शुक्रबार सन्जिप रसाईलीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन सहित गठन गरिएको हो।

कार्य समितिको उपाध्यक्षद्वयमा बिक्रम लाम्गादे, हिमा बराईली, सचिवमा सन्जोक बिक, सहसचिवमा जीवन कालिकोटे र कोषाध्यक्षमा सागर बिश्वकर्मा चयन हुनुभएको हो । जिल्लामा रहेका सम्पूर्ण बिश्वकर्मा युवाबीचमा एकतासँगै अन्य दलित तथा पछाडी परेका समुदाय वर्गको हित तथा निस्वार्थ सेवा गर्ने उद्देश्यका साथ उक्त समिति गठन भएको नवनिर्वाचित अध्यक्ष सन्जिप रसाईलीको भनाई छ ।

फुङ्लिङ नगरपालिकाका कार्यपालिका सदस्य गंगाराम शंखरको प्रमुख आतिथ्यतामा समिति गठन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!