ताप्लेजुङ – ताप्लेजुङको मैवाखोला गाउँपालिकामा शुक्रबारदेखि वृहत शिक्षा सम्मेलन सुरु हुदैछ । जिल्लामै पहिलो पटक मैवाखोला गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले शिक्षा सम्मेलनको आयोजना गर्न लागेको हो ।

‘सबैका लागि गुणस्तरीय शिक्षा, सार्वजनिक शिक्षालाई सुदृढ बनाऔँ’ भन्ने मुल उदेश्यका साथ दुई दिने वृहत शिक्षा सम्मेलनको आयोजना गरिएको पालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो । उहाँका अनुसार शैक्षिक रुपान्तरणमा नयाँ सोच निर्माणका लागि यस सम्मेलनले अत्यन्तै ठुलो मदछ पु¥यानेछ । शुक्रबारबाट सुरु हुने सम्मेलन शनिबार सम्पन्न हुने पालिकाले जनाएको छ । शिक्षाविद तथा सामाजिक अध्येता बिमल कुमार फुँयाल, वृहत राष्ट्रिय शिक्षा अभियान नेपालका संयोजक अभिषेक घिमिरे, नेतृत्व बिकास एवम् व्यवस्थापन विज्ञ आरके ढुङगाना लगायतले सम्मेलनमा सहजीकरण गर्ने पालिका अध्यक्ष वनेमको भनाई छ ।

सम्मेलनमा पालिकाभरीका शिक्षक तथा शिक्षिका, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारी र सदस्य, शिक्षक अभिभावक संघका अध्यक्ष तथा पदाधिकारी र सदस्य, सम्पुर्ण वडाका वडाध्यक्ष, वडासदस्यहरु शिक्षासँग सम्बन्धित सरोकारवालाहरुको उपस्थिति रहने पालिकाले जनाएको छ । पछिल्लो समयमा सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर खस्किदै गएको अवश्थामा मैवाखोला गाउँपालिकाले नयाँ अभ्यासको सुरुवात गर्न लागेको छ । २०८० सालमा सञ्चालित कक्षा ८ को पालिका स्तरीय परीक्षाबाट ५ जनामात्रै विद्यार्थी उत्तिर्ण भएपछि गाउँपालिकाले यो योजनालाई अघि सारेको हो । विद्यार्थीहरुमा कमजोरीपनको प्रमुख समस्यालाई औँल्याएर शैक्षिक बिकासका लागि यो सम्मेलनले महत्वपुर्ण भुमिका खेल्ने पालिकाले विश्वास लिएको छ ।

शैक्षिक गुणस्तरका लागि पालिकाले समय–समयमा प्रध्यानाध्यापकसँग छफफल, विभिन्न विद्यालयमा आवश्यक शैक्षिक सामाग्रीको व्यवस्थापन, सिसिटीभी जडान गरी बिभिन्न माध्यमबाट निगरानी लगायतका गतिविधिहरु गर्दै आईरहेको छ । बालकक्षादेखि कक्षा १२ सम्म ३ हजार विद्यार्थी अध्ययनरत पालिकामा २ सय १० जना शिक्षक कार्यरत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!