१२ माघ, ताप्लेजुङ । प्याब्सन ताप्लेजुङको आयोजना र निमा पुस्तक प्रकाशनको ब्यावस्थापनमा एक दिवसीय तालिम सम्पन्न भएको छ। शनिबार सम्पन्न तालिममा अङ्ग्रेजी, बिज्ञान र सामाजिक समाबेश गरिएको थियो।
होटेल जान्नु इन र होटेल पाथीभरामा संचालित तालिममा २२ विद्यालयका १०२ जना शिक्षकलाई तालिम प्रदान गरिएको प्याब्सन ताप्लेजुङका अध्यक्ष गणेश सिग्देलले जानकारी दिनु भएको छ।
तालिममा फुङ्लिङ नगरपालिकामा रहेका निजी तथा सामुदायिक माध्यमिक र आधारभूत विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत महेन्द्ररत्न क्याम्पस ताहाचलबाट आउनुभएका डा. हिरालाल सुवेदीले अङ्ग्रेजी विषयको तालिम प्रशिक्षण गर्नुभएको थियो। यता सामाजिक विषयको भने मोहनप्रसाद घिमिरे र मानबहादुर सुनारले प्रशिक्षण गरेसँगै जयानन्द कपाडीले विज्ञान विषयको प्रशिक्षण गर्नुभएको थियो।
जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख योगेश्वर भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न तालिममा प्याप्सन पूर्व केन्द्रीय सदस्य काजीमान पालुङ्वा, प्याप्सन पूर्व केन्द्रीय सदस्य युवराज गिरी, फुङ्लिङ नगर शिक्षा समिति सदस्य इन्द्रकुमार गुरुङ लगायतको उपस्थितिमा सम्पन्न भएको थियो।








