ताप्लेजुङ । नेपाल विद्यार्थी सङ्घ ताप्लेजुङले माध्यमिक विद्यालयहरूमा वक्तृत्वकला कार्यक्रम सञ्चालन गर्न सुरु गरेको छ। `गुणस्तरीय शिक्षामा विद्यार्थीको भूमिका´ भन्ने विषयमा वक्तृत्वकला कार्यक्रम आयोजना गरिएको हो।

सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको महत्वबारे सचेतना फैलाउने, विद्यार्थी नेतृत्व र जिम्मेवारको भावना विकास गराउने, चिन्तन र सिर्जनात्मक अभिव्यक्तिको प्रोत्साहन गर्नको लागि कार्यक्रम आयोजना गरिएको नेपाल विद्यार्थी संघ ताप्लेजुङका अध्यक्ष लोकेश लङवा (लिम्बु) ले जानकारी दिनुभएको छ।

ताप्लेजुङ जिल्लाभित्र रहेका विभिन्न ६० वटा माध्यमिक विद्यालय र दुईवटा क्याम्पसमा यो कार्यक्रम सञ्चालन गरिने अध्यक्ष लङवाले बताउनुभयो।

हाल विद्यालयमा कार्यक्रम सञ्चालन भइरहेको र माघ १८ गतेभित्र सम्पूर्ण ६० वटै विद्यालयमा सञ्चालन गरिसक्ने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!