ताप्लेजुङ – नेपाल मगर संघ ताप्लेजुङको अध्यक्षमा पुन गणेश आले मगर चयन हुनु भएको छ ।

सोमबार सम्पन्न भएको तेश्रो जिल्ला अधिवेशनमार्फत पुन आलेले अध्यक्षका लागि सर्वसम्मत जिम्मेवारी पाउनु भएको हो । संघका उपाध्यक्षमा रत्न मगर, सचिवमा मिलन राना मगर, सह सचिवमा राज मगर र कोषाध्यक्ष अम्बिका राना मगर सहित ११ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध चयन भएको निर्वतमान सचिव मनि राना मगरले जानकरी दिनुभयो । उहाँका अनुसार सदस्यहरुमा थोमस मगर, कुमार मास्की मगर, देवी थापा मगर, मोहन कुमार थापा मगर, पुर्ण बहादुर पिठाकोठी मगर, पुर्ण मास्की मगर चयन हुनु भएको छ ।

नेपाल आदिबासी जनजातिको महासंघको भवनमा आयोजित अधिवेशनमा संघका प्रदेश सदस्य महेश राना मगरको प्रमुख आतिथ्याता रहेको थियो । यस्तै जिल्लाका बिभिन्न जातिय संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!