ताप्लेजुङ – पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा शिला इजम (राई) निर्वाचित हुनुभएको छ । आज सम्पन्न सञ्चालक समितिको निर्वाचनमा इजमले निकटतम प्रतिद्वन्द्वी कुमार मादेनलाई ६ मतान्तरले पराजित गर्दै बिजयी हुनुभएको निर्वाचन समिति संयोजक राम कुमार थापाले जानकारी दिनुभयो । उहाँका अनुसार इजमले १८ मत प्राप्त गर्दा मादेनले १२ मत प्राप्त गर्नुभएको हो । इजम साेही क्याम्पसकाे तत्कालिन सदस्य समेत हुनुन्थ्याे ।

यस्तै शिक्षाप्रेमि महिला सदस्यमा गिता कुमारी सेन्दाङ र मैया न्यौपाने बिजयी हुनुभएको छ । सेन्दाङले २७ र न्यौपानेले १७ मत प्राप्त गर्दै बिजयी हुनुभएको हो । अर्का प्रतिस्पर्धी मातृका देवी प्रसाईले भने १० मत प्राप्त गर्नुभयो । सदस्यका अर्की उम्मेद्वार अन्जना कडरियाले भने अन्तिम समयमा निर्वाचित सेन्दाङलाई समर्थन गर्नुभएको थियो । यस्तै शिक्षाप्रेमी बुद्धिजीवी खस आर्य सदस्यमा टेकनाथ अधिकारी निर्वाचित हुनुभएको छ । अर्का उम्मेद्वार भोलानाथ पौडेललाई ९ मतान्तरले पराजित गर्दै अधिकारी निर्वाचित हुनुभएको हो । शिक्षाप्रेमी समाजसेवी वुद्धिजीवी जनजाति मध्ये सदस्यमा पृथ्वी प्रसाद मादेन बिजयी हुनुभएको छ । मादेनले १७ मत प्राप्त गर्नुभयो भने यहाँका प्रतिद्वन्द्वी हिमकला गुरुङले ९ तथा रामचन्द्र पोमुले ३ मत प्राप्त गनुभएको हो । यस्तै समाजसेवी बुद्धिजीवी दलित सदस्यमा सन्तोष कुमार सार्की भने निर्बिरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

चन्दादाता अक्षयकोषदातामा भने कुनै उम्मेद्धारी नपरेको समितिले जनाएको छ । निर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्ष रहने छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!