२० मङ्सिर, फुङ्लिङ। ताप्लेजुङको एक मात्र नगरपालिका फुङ्लिङ नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ।

चासोक तन्नामको अवसार भानु माबीको खेल मैदानमा भोलि विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुने हुदा मङ्सिर २१ गते एक दिन स्थानीय सार्वजनिक बिदा दिएको हो।

निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले बिहिवार सूचना जारी गर्दै फुङ्लिङ नगरपालिकामा शुक्रबार एकदिनका लागि सार्वजनिक बिदा दिएको उल्लेख गर्नुभएको छ।

बिदाको दिन अत्यावश्यक सेवाबाहेक नगरपालिका कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थाहरु बन्द हुने छन्।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!