ताप्लेजुङ । पाथीभरा मन्दिरको मुख्य सिजनमा तीर्थयात्रीको सहजताका लागि पाथीभरा क्षेत्र विकास समितिले सदरमुकाम फुङलिङको तोक्मेडाँडा, पुरानो बैंक लाईन, सुकेटार, काफ्लेपाटी, फेदी लगायतका क्षेत्रमा तीर्थयात्री सहायता कक्ष स्थापन गरेको छ ।

पाथीभरा मन्दिरमा आउनुहुने तीर्थयात्री महानुभावले यातायात, आवस सहितका विषयमा जानकारी लिन परेमा वा कुनै समस्यामा परे यहाँ सम्पर्क गर्न सक्नुहुने छ । यसले तीर्थयात्रीलाई पाथीभरा यात्रामा सहजता प्रदान गर्ने पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले बताउनुभयो ।

पाथीभरामा आउने तीर्थयात्रीको गुनासे नआउने गरि तयारी भएको र जनशक्ति समेत परिचालन भएको कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो ।

यसअघि जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालयले समेत सहायता कक्ष राखी सेवा प्रदान गरिरहेका छन।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!