ताप्लेजुङ – ताप्लेजुङमा खुकुरी देखाई आतङ्कित गर्न खोज्ने दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका वडा नंं ४ का २१ वर्षीय प्रदीप पौडेल र वडा नं. ८ का १९ वर्षीय निश्चल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी बिबेक बस्नेतले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार आइतबार साँझ फुङ्लिङ बजार स्थित ‘न्यु कन्चनजङ्गा सहकारी संस्था’ मा आफ्नो काम सकेर घर फर्कँदै गरेका फुङ्लिङ नगरपालिका वडा नं. ८ का ३७ वर्षीय सन्तोष गुरुङलाई फुङ्लिङ ४ उकालीपानी स्थित एकान्त बाटोमा बाटो छेकेर साथमा बोकेको फलामको धारिलो हतियार प्रहार गर्ने प्रयास गरी धम्की दिई अवद्र व्यवहार गरेको कसुरमा पक्राउ गरिएको हो । घटनाको सूचना पाए लगत्तै प्रहरी टोलीले उनीहरूलाई खोजतलास गर्ने क्रममा आइतबार साँझ सोही स्थानमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको बस्नेतको भनाई छ ।

उनीहरुलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (३) बमोजिम जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट पाँच दिनको म्याद थप अनुमति लिई अवद्र व्यवहार कसुरमा अनुसन्धान सुरु गरिएको भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
Radiotamor

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!