ताप्लेजुङ – बुधवार देखि ताप्लेजुङ काठमाण्डौं उडान सुरु भएको छ । नेपाल वायु सेवा निगमले बुधवार विहानका लागि उडान तालिका अनुसार सुरु गरिएको निगमका कार्यालय प्रमुख नारायण कुमार कार्की ले बताए ।
कार्कीका अनुसार बिहान ६ः३० वजे काठमाण्डौबाट उडान भएकोहो । ज्येष्ठ ११ गतेदेखि काठमाण्डौं ताप्लेजुङ उडान हुन सकेको थिएन । गत श्रावण ३० गतेका लागि पनि उडान तालिका राखिएको थियो । यात्रु नभएका कारण उक्तदिन उडान गर्न नसकिएको कार्यालयले जनाएको छ ।
बुधबारको लागि पनि यात्रु सङ्ख्या कम रहेको थियो । लामो समय उडान नभएकाले यात्रु नभएपनि उडान गर्ने कार्यसूची रहेको कार्यालयले जनाएको हो । हाललाई सातामा एकदिन बुधवार मात्रै उडान तालिका राखेको निगमले मौसम खुलेर यात्रु भए उडान तालिका थप्ने योजना रहेको पनि जनाएको छ ।







