ताप्लेजुङमा यही भदौ २०विहिबार देखि गते देखि सम्पूर्ण चारचक्के सवारी साधनहरु फुङलिङ–४ मा निर्माण भएको बसपार्कमा प्रवेश तथा पार्किङ गरिने भएको छ ।

फुङलिङ नगरपालिकाको संयोजनमा सोमवार सुरक्षा निकायका प्रमुखहरु र यातायात व्यवसायीका प्रतिनिधि समेत सहभागी बैठकले उक्त निर्णय गरेको फुङलिङ नगरपालिकाले जनाएको छ ।

बढ्दो सवारी चाँप र ट्राफिक व्यवस्थापन समेतलाई ध्यानमा राखेर उक्त निर्णय गरिएको नगरप्रमुख अमिर मादेनले जानकारी दिनुभयो । अहिले तोक्मेडाँडामा अस्थायी रुपले बसपार्क प्रयोगमा छ । नयाँ निर्माण भएको बसपार्कमा आवश्यक पर्ने अन्य पूर्वाधारहरु फुङलिङ नगरपालिकाले निर्माण गर्ने निर्णय पनि भएको छ । eujayalo.com

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!