– तरुण भारती
९ असार, ताप्लेजुङ । फुङ्लिङ नगरपालिका वाड न. -८ को आयोजनामा आइतबार आफ्नो वडामा रहेका ७ वटा विद्यालयहरु र शैक्षिक सरोकारवालाहरुको भेला सम्पन्न भएको छ।
फुङ्लिङ वाड न. -८ मा रहेको सिद्धकाली मावि परिसरमा भएको कार्यक्रम सोहि वाडका वाड अध्यक्ष क्षितिज सुनुवाइको अध्यक्षतामा एवं नगर प्रमुख अमिर मादेनको प्रमुख आतिथ्यतामा रहेको थियो ।
आफ्नो वाड भरिका विद्यायहरुलाई थप शैक्षिक सुधार गराउने विषयमा सरोकारवालाहरुसंग आवश्यक सल्लाह सुझाव संकलनका लागि कार्यक्रम राखिएको अध्यक्ष सुनुवारले जानकारी दिनुभयो ।
शिक्षा क्षेत्रको सुधारका लागि नगरपालिकाले विकृति एवं विसङ्गति हटाउनका लागि आफुहरु लागि पर्ने नगर प्रमुख मादेनले बताउनुभयो।
कार्यक्रममा नगर शिक्षा प्रमुख प्रकास पौडेल, शिक्षाबिद डिल्लीरमण बराल, रिड नेपाल ताप्लेजुङका कार्यकारी निर्देशक राजेन्द्र पन्त, भानु माबिका प्रअ किसोर राई, बाल सुबोधिनी माबीका प्रअ युवराज बस्नेत, पत्रकार, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रअ, शिक्षक कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागी प्र अ हरुले ले आफ्नो विद्यालयको समस्य समेत उजागर गरेका थिए ।







