
काठमाडौं । बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा ओलीले पित पत्रकारिता देशको ठूलो समस्या भएको बताएका छन् ।
अहिले केही सञ्चार माध्यम ‘राम्रो कुरा देख्न पर्छ भने आँखा छोप्छु, राम्रो कुरा सुन्नुपर्छ भने कान थुन्छु । तर सुन्दिन, हेर्दिन, बोल्दिन’ भने जसरी प्रस्तुत भएको उनले बताए ।
नेकपामा आफ्नो समूहसँग निकट नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रधानन्त्री ओलीले केही सञ्चारमाध्यम झुटो छापेर जनतालाई दिग्भ्रमित पार्न लागेको बताए । उनले अघि भने, ‘स्वार्थबाट अन्ध हुन्छ वा आत्म बेच्छ, त्यसपछि नर्क पर्छ । नर्कमा गएपछि फर्किन सक्दैन ।’
हलमा उपस्थित पत्रकारहरुलाई सम्बोधन गर्दै ओलीले स्वार्थका लागि समाचार लेख्न भन्दा पनि फलानो पार्टीको पत्रकार भनेर चिनिने गरी काम गर्न पनि आग्रह गरे । Avenueskhabar