३० कार्तिक, ताप्लेजुङ । केही वर्षयता जिल्लाको ग्रामीण क्षेत्रमा खस्कँदै गएको भलिबल खेलको लोकप्रियता पछिल्लो समय फेरि बढ्न थालेको छ।
‘भलिबल पहिलेदेखि नै सबैले रुचाएको खेल हो। बीचमा केही समय यसमा सुस्तता आएको थियो। अहिले स्थानीय तहहरूले धमाधम प्रतियोगिता आयोजना गर्न थालेपछि जिल्लाका ग्रामीण क्षेत्रमा समेत भलिबल खेलको आकर्षण बढ्दै गएको छ’, ।
ग्रामीण क्षेत्रमा लुकेर रहेका भलिबल खेलाडीको क्षमता अभिवृद्धि गर्दै समग्र खेल क्षेत्रकै विकासमा योगदान पु¥याउने उद्देश्यले फुङ्लिङ नगरपालिका वाड न ८ का नेपाली काङ्ग्रेसका युवा नेता एवम् वाड सभापति क्षितिज सुनुवारले आफ्नो निजि लगानीमा फुनपा-८ रमितेमा खेल मैदान निर्माण गरेका छन् ।

खेलमैदान निर्माण पछि स्थानीयहरुले खुशी व्यक्त गर्दै सुनुवारले गरेको यस्तो कार्य प्रती सधै आभारी रहि कृतज्ञता समेत ब्यक्त गरेका छन् ।

सुनुवार सामाजिक कार्यमा बिगत केही वर्ष यतादेखि लागि परेको देखिन्छ। उनले कोरोनाको महामारीमा समेत स्थानीयहरुलाई राहत बाडेका थिए।

राजनीतिसङै सामाजिक कार्यमा आफ्नो सम्पूर्ण जीवनकाल नै ब्यतित गर्ने सभापति सुनुवारको भनाइ रहेको छ।







