
काठमाडौ । संवैधानिक इजलासले महान्यायाधीवक्ता कार्यालयसँग राजपत्रमा प्रकाशित भएको सूचना भए उपलब्ध गराउन माग गरेको छ ।
यसअघि संसद विघटनको मुद्दामाथि बहसका क्रममा रिट निवेदकहरु अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले बिहीबारको सुनुवाइका क्रममा विघटनको सदर गरेपछि राजपत्रमा प्रकाशित समेत नगरेको भन्दै बहस गरेका थिए। प्रकाशन नभएपछि त्यो अनाधिकृत हो भन्ने कुराको थप प्रमाण हो भन्ने अर्यालको तर्क थियो।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नायब महान्यायाधीवक्ता पदम पाण्डेसँग राजपत्रको सूचना उपलब्ध गराउन भनेका हुन्।
Avenueskhabar