पाँचथर, साउन २ गते । बुवाको किरियामा बस्दा ग्याँस लिक भएर आगलागी हुँदा जलेर घाइते भएका फिदिम ४ जोरसालका ४९ बर्षीय दीनानाथ सापकोटाको निधन भएको छ ।
झापाको मेची अञ्चल अस्पतालमा शुक्रबार राति दीनानाथको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गत जेठ २४ गते भगिरथ सापकोटाको मृत्यु भएपछि किरियामा बसेका उनकी श्रीमती सहित दुई छोराहरु जलेर घाइते भएका थिए । घाइतेमध्ये ७२ बर्षीया भगिरथकी श्रीमती चनमायको उपचारको क्रममा जेठ २६ गते निधन भएको थियो ।
आमा र दाजुसँगै जलेर घाइते भएका मदन सपकोटा भने निको भएर घर फर्किएका छन् । घाइते तीनै जनाको पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि मेची अञ्चल अस्पताल लगिएको थियो । jorpati







