३० वैशाख, ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा १० शैयाको आधारभुत अस्पताल भवन निर्माण हुने भएको छ । गाउँपालिकाको केन्द्र तेल्लोकमा आगामी ३ वर्ष भित्रमा १५ करोड ८५ लाखको लागतमा अस्पताल निर्माण हुने भएको हो ।

स्वास्थ्य मन्त्रालयको १० करोड ८६ लाख र बाँकि गाउँपालिकाको समेत गरि १५ करोड ८५ लाखमा निर्माण गर्ने गरि ठेक्का आव्हान गरिसकिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो ।

दश शैयाको अस्पताल भवन संगै नर्सिङ क्वाटर, चिकित्सक क्वाटर, शव गृह, क्यान्टिन, पार्किङ लगायतका संरचना निर्माण हुने छन् । भवन निर्माणका लागि स्थानीय दामोदर भट्टराई र उहाँको परिवारबाट १३ रोपनी जग्गा गाउँपालिकालाई निशुल्क प्राप्त भएको थियो ।

स्वास्थ्य सेवाको सहज पहुँचबाट टाढा रहेका ग्रामिण क्षेत्रका नागरिकको आवस्यकतालाई मध्येनजर गर्दै अस्पताल निर्माणमा गाउँपालिका जुटेको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले बताउनुभयो ।

यो अस्पताल निर्माण भए सदरमुकामबाट टाढा रहेका याम्फुदिन, मामांखे, खेवाङ, सुरुम्खिम, लगायतका बासिन्दालाई फाईदा पुग्नुका साथै आसपासका गाउँपालिकालाई समेत सहज हुने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!