२९ वैशाख, ताप्लेजुङ ।

ताप्लेजुङको फुङलिङ नगरपालिकाको दोश्रो चरणमा आएको रिपोर्ट अनुसार थप १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

संक्रमण पुष्टि हुनेमा १० पुरुष र ३ जना महिला रहेका छन् । दोश्रो चरणमा ३५ जनाको रिपोर्ट आएको हो । एक जना महिलाको फलोअप रिपोर्ट नेगेटिभ आएको छ । यो सहित जिल्लामा सक्रिय संक्रमितको संख्या २४ एन्टिजेन सहित २३९ पुगेको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ ।

बुधबार नै फुङलिङ नगरपालिकाको पहिलो चरणमा १ सय जनाको रिपोर्ट आउँदा ६२ जना नयाँ संक्रमित र ४ जना फलोअपको नतिजा पोजेटिभ आएको थियो ।

यस्तै मैवाखोला गाउँपालिका र सिरीजंघा गाउँपालिकाबाट संकलन गरिएको ७४ जनाको स्वाबको रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!