२९ वैशाख, ताप्लेजुङ । नेपाली काँग्रेस ताप्लेजुङले माताहतका पार्टी कमिटि एवम भातृ तथा सुभेच्छुक संघसस्थालाई कोभिड १९ अर्थात कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा सहयोग गर्न अनुरोध गरेको छ ।

पछिल्लो समय संक्रमण बजार क्षेत्रमा मात्रै नभई ग्रामिण क्षेत्र सम्म फैलिएकाले यसको रोकथाम र नियन्त्रणका लागि प्रशासन साथै स्थानीय तहबाट भएका प्रयासमा सघाउन माताहतका सबै नेता कार्यकर्तालाई अनुरोध गरेको हो ।

संक्रमणका कारण समस्यामा परेका नागरिकलाई आवस्यक सहयोग गर्न समेत अनुरोध गरिएको प्रेस विज्ञप्ती मार्फत जनाईएको छ । यस्तै सरकारले लागु गरेका स्वास्थ्यका मापदण्डलाई पालना गरि आफु र अरुलाई बचाउँन सबै नागरिकलाई विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

यस्तै संक्रमणबाट निधन भएका प्रति श्रद्धाञ्जली अर्पण र उपचाररत संक्रमितहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै नागरिकको जीवन रक्षाका लागि अहोरात्र खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरकारी तथा गैर सरकारी संघसंस्था प्रति आभार समेत प्रकट गरेको छ । यसैबीच वर्तमान सरकारले नागरिकको स्वास्थ्य सुरक्षा गर्नुपर्नेमा भ्रष्ट्रचार र सत्ताको खेलमा समय विताएको प्रति समेत आपत्ति पर्कट गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!