कोभिड १९ ले व्यक्तिको शारीरिक स्वास्थ्यलाई मात्र नभइ मानसिक स्वास्थ्यलाई पनि असर पुर्‍याएको छ ।

हालको समयमा धेरै व्यक्तिहरूमा कोभिडको बारेमा सोचेको कारणले उनीहरूलाई एन्जाइटी हुने वा लगातार प्यानिक अट्याकको अनुभव गर्छन्, जसले कोरोना भाइरस सङ्क्रमणजस्ता लक्षण देखा पर्न सक्छ ।

जसकारण कोभिडले निम्त्याएको एन्जाइटी र सङ्क्रमणका कारण देखिने लक्षणहरूबीचको भिन्नता बुझ्न सबैभन्दा महत्त्वपूर्ण हुन्छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का अनुसार कोभिडले मानिसलाई तनाव, एन्जाइटी निम्त्याउन सक्छ । छातीको दुखाइ, मुटको चाल बढ्नु, रिङ्गटा लाग्नु, वाकवाकी लाग्नु, सास फेर्न गाह्रो हुनु वा डिप्सनिया, चिसो लाग्ने वा शरीर काप्ने, औँलाहरू झमझम हुनु, मुख सुक्नु, मानसिक भ्रम हुनु एन्जाइटीसँग जोडिएका केही लक्षणहरू छन्, जुन सङ्क्रमणसँग मिल्दोजुल्दो छन् ।

छाती दुखाई र सास फेर्न गाह्रो हुनु एन्जाइटी र कोरोना भाइरसको सङ्क्रमण हुँदा दुवैमा देखिन सक्ने मुख्य सङ्केतमध्येका केही हुन् । सिडिसीका अनुसार विशेषगरी कोभिड हुँदा कुनै व्यक्तिलाई छातीमा दुखाई भए वा सास फेर्न कठिनाई महसुस भए तुरुन्त अस्पताल जानुपर्ने हुन्छ । कोभिडको कारणले हुने छातीमा दुखाई लामो समयसम्म वा सङ्क्रमित भएसम्म रहन सक्छ ।

तर, एन्जाइटी वा प्यानिटक अट्याकका कारण छाती दुखेमा उक्त दुखाई पाचँदेखि २० मिनेटसम्म रहने वा सो समय अवधिबीचमा कम हुन सक्छ । एन्जाइटी वा प्यानिक अट्याकका कारण छाती दुखेमा दुखाई तिखो वा केही कुराले घोचेको जस्तो हुनसक्छ, जबकि, कोभिडका बिरामीमा छाती दुखेमा छाती भारी हुने वा केही कुराको भार छातीमा परेको जस्तो महसुस हुनेगर्छ ।

एन्जाइटी वा प्यानिटक अट्याकका कारण भएको छाती दुखाई मानसिक र केही शारीरिक लक्षणका साथ हुन सक्छ । तर, कोभिडका बिरामीहरूमा छाती दुख्ने समस्यासहित ज्वरो, खोकी र अन्य फ्लू जस्तो लक्षण देखा पर्ने हुन्छ । कुनै पनि कारणले भएको छाती दुखाइलाई बेवास्ता नगरी तुरून्त चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!