काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिएमा प्रतिनिधि सभा फेरि विघटन नहुने बताउनुभएको छ ।
प्रतिनिधि सभाको विशेष अधिवेशनमा प्रतिपक्षी दलका नेताहरूलाई जवाफ दिँदै उहाँले आफूलाई विश्वासको मत दिएमा प्रतिनिधि सभा फेरि विघटन नहुने बताउनुभएको हो ।
नागरिकमा भ्रम फैलाउने काम भएको भन्दै उहाँले खोप आयातमा अर्थहिन प्रश्न उठाएको आरोप लगाउनुभयो । खोप आयात र स्वास्थ्य सामग्री खरिदका क्रममा भ्रष्टाचार भएकोबारे जवाफ दिँदै उहाँले प्रमाणसहित आफूलाई जानकारी गराए कारबाही गर्ने बताउनुभयो ।







