प्रतिनिधिसभा बैठकमा जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले सम्बोधन गरे । तर सम्बोधनका क्रममा दुई नेताको परस्पर विरोधी अभिव्यक्ति आए । ठाकुर प्रधानमन्त्री केपी ओलीप्रति नरम रुपमा प्रस्तुत भए भने यादव आक्रामक रुपमा प्रस्तुत भए ।

प्रधानमन्त्री अ‍ोलीले विश्वासको मत लिनका लागि डाकिएको बैठकमा यादवले ओलीलाई संघीयता विरोधी भएको आरोप लगाए । ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताए । उनले त्याग र बलिदानबाट प्राप्त भएको उपलब्धिलाई कसैले पनि निस्तेज पार्न नसक्ने भन्दै ओली त्यही बाटोमा रहेकाले कसरी विश्वासको मत दिने भन्दै प्रश्न गरे । उनले ओलीले मधेसी दललाई फकाउने प्रयास गरिरहेको आफूले बुझेको भन्दै त्यो राजनीतिक स्वार्थ बाहेक केही हुन नसक्ने बताए । विगतमा ओलीले मधेशीलाई दुर्व्यवहार गरेको भन्दै उनले विगतमा दुईचार वटा आँप झरेर केही पर्दैन भन्ने ओलीले अहिले त्यही आँप खुवाउन खोजेको भन्दै आक्रोश पोखे । देश कोरोना महामारीले आक्रान्त बनेको बेला उनी राममन्दिर बनाउने अभियानमा लागेको भन्दै यादवले कटाक्ष गरे । यादवले जुन सदनलाई ओलीले असंवैधानिक तरिकाले ओलीले विघटन गरे, जुन संसदमाथि उनकै विश्वास छैन उनलाई कसरी विश्वासको मत दिने ? भन्दै प्रश्न पनि गरे । यस्तै यादवले ओली सरकारले भ्रष्टाचारलाई ढाकछोप गर्ने गरेको भन्दै सो कुरा ट्रान्सपरेन्सी इन्टरनेशलनको पनि उल्लेख गरेको छ । तर अर्का अध्यक्ष महन्थ ठाकुरले भने ओलीले आफूहरुको केही माग सम्बोधन गरेको भएपनि त्यो अझै पर्याप्त नभएकाले आफू तटस्थ बस्ने बताए । ‘यो प्रस्तावको पक्षमा पनि छैन, विपक्षमा पनि छैन’, उनले भने ।

मुलुकमा लोकतन्त्र आइसकेपछि पनि राजनीतिक आन्दोलनमा लागेका व्यक्तिहरू जेलमा रहेको भन्दै अहिले सरकारलाई विश्वास दिन सक्ने र अविश्वास गर्ने ठाउँमा पनि नरहेको ठाकुरले बताए । जसपामा ओली सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा लामो समयदेखि विवाद रहेको थियो । यही विवादका कारण पार्टी फुटतिर गएपछि आइतबारको पदाधिकारी बैठकले ओलीलाई विश्वासको मत दिने नदिनेबारे सांसदलाई ह्वीप जारी नगर्ने निर्णय गरेको थियो । जसअनुसार सांसदहरुले स्वविवेक प्रयोग गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!