२७ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै कोरोना महामारीबाट देश मुक्त हुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभा संसदमा सरकारको विश्वासको मत लिने बैठकमा बोल्दै ओलीले कोरोनालाई पराजित गर्न सबैको साथ आवश्यक रहेको पनि बताउनु भयो । कोरोनासँग जुध्न स्वास्थ्य मापदण्ड पूर्ण पालन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
साथै महामारीका बेला समेत भ्रष्टाचार गर्नेलाई सरकारले कुनै हालतमा नछाड्ने पनि बताउनु भयो । उहाँले भन्नुभयो ,
मुलुक कोभिड–१९ को तीव्र संक्रमणको संकटमा फसिरहेको अवस्थामा पनि कोही कसैले भ्रष्टाचार सोच्छ र गर्छ भने त्यसलाई सरकारले छाड्दैन ।
मुलुक संक्रमणसँग जुधिरहेको अवस्थामा, रोकथाम र उपचारमा जुटिरहेको अवस्थामा पनि कसैले अनुचित सोच्छ भने त्यस्तो गतिविधि क्षम नहुने र त्यस्तालाई कडा भन्दा कडा कारबाही हुने उहाँको भनाई थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल त्यस्तो देश हो जसले कोभिड विरुद्धको भ्याक्सिन उत्पादन नगरे पनि प्रयोग गर्ने पहिलो मुलुक बनेको दाबी गर्नुभयो ।







