२६ वैशाख, ताप्लेजुङ । ताप्लेजुङमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक १ सय २ जनाको स्वाब संकलन गरि परिक्षणका लागि पठाईएकोमा ३२ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

यस्तै यस अघि संक्रमित ६ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । संक्रमित १४ जनाको स्वाब संकलन गरि पठाईएकोमा ६ जनाको नेगेटिभ, ७ जनाको पोजेटिभ आएको जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार १ जनाको रिपोर्टमा भने त्रुटि देखिएको छ ।

अहिले थपिएका ३२ सहित कुल संक्रमितको संख्या १ सय ३३ पुगेको छ । जसमा १ सय १९ जनाको पिसिआर र १४ जनाको एन्टिजेनबाट पोजेटिभ रिपोर्ट आएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!