उत्तर कोरियाका नेता किम जोन उन केही समयअघि सम्म निकै चर्चामा आएका थिए । अमेरिकालाई दिनहुँजसो धम्की दिने मामिलामा उनी सधै अगाडि थिए ।
पछिल्लो समय केही मौन रहेका उनको विषयमा रमाइलो तथ्य सार्वजनिक भएको छ । उनले वार्षिक ३ करोड डलरको मदिरा पिउने गरेका छन् । तर तथ्यले सबैलाई रोचक बनाएको छ ।
उनले पिउने मदिरामा ह्वीस्की र कागनेक रहेको जानकारी दिएको छ । साथै उनले पिउने मदिरा पनि विश्वको सबैभन्दा महँगो ब्राण्डको पिउने गरेका छन । किम जोन उनकी श्रीमतीले बोक्ने ह्याण्डब्यागको मूल्य बराबरको सामान्य उत्तर कोरियन नागरिकको वार्षिक आम्दानी हुने गरेको छ । किमकी श्रीमतीको ह्याण्डब्यागको मूल्य १४५७ डलर रहेको जनाइएको छ ।
किमले चुरोट पनि १६५ डलरको पिउने बताइएको छ । किमले आफ्नै लागि एक सिनेमा हल पनि निर्माण गरेका छन् । जसमा १ हजार सिट रहेका छन् । किमलाई डेनमार्कको सुँगुरको मासु, इरानको माछाको अण्डा, चीनको तरबुजा मिठो लाग्छ । hariyali.com







