नेपाली प्रचलित भनाई छ, ‘पती-पत्नीको झगडा परालको आगो ।’ तर, कहिले कहि सामन्य मनमुटावबाट सुरु भएको झगडाले पुरै परिवारमा बिचलन ल्याउँछ । दम्पतीको सम्बन्धलाई दुई चिरा पार्न सक्छ । ,घर व्यवहार चलाउने क्रममा सानोतिनो असमझदारी हुनु सामन्य हो ।

कहिले कहिं ठाकठुक पनि पर्छ । तर, यसलाई धेरै लामो समय कायम रहन दिनुहुन्न । यदि पती-पत्नीबीच झगडा भइहालेमा के गर्ने ? यसका काइदा छन् । थोरै प्रयास गर्ने हो भने दम्पतीबीचको झगडाको ‘ह्याप्पी इन्डिङ’ गर्न सकिन्छ ।,रिसलाई जितौं मानविय स्वभाव हो, रिस । रिस नभएको संसारमा कोहि छैनन् । रिस पूर्णत निर्मूल हुने कुरा पनि होइन । तर, कति रिसाउने ? यसको सीमा हुन्छ । रिसाउने प्रवृत्ति मान्छे अनुसार फरक फरक हुन्छ । कोहि धेरै रिसाउँछन्, चाडै रिसाउँछन् । रिसाउने प्रवृत्तिले नै हो झगडा निम्त्याउने । रिसलाई जित्न सकौं, कुनैपनि कुराले तपाईलाई विचलित बनाउने छैन ।

यो नितान्त मानसिक कुरा हो । रिसलाई काबुमा राख्न आफैले प्रयास गर्नुपर्छ । यसको अर्को विधी भनेको मनोरञ्जनमा मनलाई भुलाउनु हो । अर्थात आफुलाई जुन कुराले खुसी तुल्याउँछ, त्यसैको खोजी गर्नुपर्छ ।,पार्टनरको बारेमा आउने नकारात्मक बिचारलाई एकछिनका लागि भएपनि त्यागौ र सकारात्मक ५ वटा कुरा खोजौं । ब्रेक लिनुहोस् जव पति-पत्नीबीच बहस हुन थाल्छ, तर्क वितर्क चल्छ । त्यसमा तल्लिन भएर अगाडि नबढौं । तर्कले जित्ने प्रयास गर्दै नगरौ । दुईमध्ये एक पछि हट्नुहोस् । अर्थात एकैछिनका लागि भएपनि ब्रेक लिनुहोस् । एक्लै बस्नुहोस् । जव झगडा हुन्छ, तब एक पार्टनर चुप लाग्नुपर्छ ।

झगडा अगाडि बढ्दैन । एकछिन तर्क वितर्क नगरी बसेपछि मन शान्त हुन्छ, रिसको पारो सेलाउँछ । मुखलाई ताल्चा उखानै छ, ‘दुई तोलाको जिब्रो फड्कार्नु भन्दा, धार्नीको टाउको हल्लाउनु बेश ।’ बोलेर वा तर्क गरेर मात्र सबै कुराको समाधान मिल्छ भन्ने छैन । बरु मुखलाई अनियन्त्रित राख्दा त्यसले समस्या निम्त्याउँछ । रिसको आवेगमा अपि्रय शब्द बोलिन्छ । बोल्नुभन्दा चुप लाग्नु राम्रो हो । पार्टनरको भावना बुझौं झगडा हुनुमा कुनै न कुनै कारण हुन्छ, चाहे त्यो सानो वा ठूलो हुनसक्छ । यदि आफुले गल्ती गरेर पनि त्यसलाई ढाकछोप गर्नका लागि कुर्तक गरिन्छ भने त्यसले सम्बन्धलाई थप जटिल बनाउदै लान्छ ।

आफ्नो गल्ती छ भने त्यसलाई स्विकार्ने प्रयास गरौं । धेरैजसो चाहि आपसी असमझदारीबाट झगडा सुरु हुन्छ । पार्टनरले के भन्न खोज्दैछ, वा उसको आशय के हो भन्ने समेत नबुझी झगडा गरिरहेका हुन्छौ । यसले कुनै निष्कर्ष दिदैन । त्यसैले धैर्यपूर्वक पार्टनरको गुनासो सुन्ने अभ्यास गरौं । यस किसिमको अभ्यासले तपाईलाई शान्त र धैर्यवान् बनाउँछ । आवेगमा हुने नराम्रो कामबाट बचाउँछ । धेरै अपेक्षा नगरौं दम्पतीमा एक अर्काले गर्ने अपेक्षा पुरा हुन नसक्दा पनि झगडाको बिज रोपिन्छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!