२३ वैशाख, ताप्लेजुङ ।
ताप्लेजुङ जिल्लामा हालसम्म स्वाब संकलन पस्चात गरिएका पिसिआर पोजिटिभ संख्या १०७ जना पुगेको जिल्ला अस्पताल ताप्लेजुङका निमित्त मेडिकल सुपरिटेन्ट डाक्टर सोनिङ लामाले जानकारी दिनुभएको छ । जसमध्ये १ जनाको मृत्यु भइसकेको छ ।
जम्मा एन्टिजेन पोजिटिभ संख्या १२ जना मध्ये १ जना निको भएको र १ जनाको पिसिआर र एन्टिजेन २ वटै पोजिटिभ आएको छ डा.लामाले बताउनुभयो। हाल जिल्लामा कुल सकृय संक्रमित ११६ जना हुन पुगेको छ ।विहिवार आज फेरी १०२ जनाको स्वाब संकलन गरि पिसिआर जाँचको लागि पठाइएको र जिल्ला बाहिर पिसिआर जाँच गराइ पोजिटिभ आएको डाटालाई माथिको डाटामा नसमेटिएको डा.लामाले बताउनुभयो ।
विहिवार मात्रै पछिल्लो पटक सदरमुकाम फुङलिङको तोक्मे क्षेत्रका ५८ जनाको स्वाब संकलन गरि परिक्षणका लागि पठाईएकोमा ४८ जनामा संक्रमण देखिएको छ।







