केरा अधिकांशलाई मन पर्ने फलमध्येको एक हो । मन्दिरमा चढाउनदेखि खेलाडी, तत्काल शक्तिप्राप्त गर्न, बालबालिका युवा सबैले रुचाउँछन् एक फल हो।

९० मिनेटसम्म तत्काल ईनर्जी दिनसक्ने कारणले यो फल खेलाडीदेखि सबैले मन पराउँछन् । तर तपाईहरुलाई थाहा नहुन सक्छ की – ‘त्यही केराको बोक्राले मानिसमा लाभदायक कार्य गर्दछ । त्यसैले केरा खाएपछि बोक्रा फाल्ने होईन त्यसको उपयोग गर्न सकिन्छ ।

केराको बोक्रामा ‘भिटामिन ए’ प्रचुर मात्रमा हुन्छ । जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।जसमा ‘लुटेनिन’ नामक एक तत्व हुन्छ, जुन आँखालाई स्वस्थ राख्न मद्दत गर्छ तथा जसमा भरिपूर्ण मात्रामा फाइबर हुन्छ । जसले शरीरमा कोलेस्ट्रोल नियन्त्रित गर्नुको साथै वजन कम गर्न पनि मद्दत गर्छ ।

केराको बोक्राले स्वास्थ्यमा पर्ने प्रभावलाई लिएर जापानी साइन्टिफिक रिसर्चमा यो भनिएको छ कि – पहेँलो रङको केराको बोक्रा क्यान्सररोधी गुणले भरिपूर्ण हुन्छ ।यसले शरीरमा व्हाइट ब्लड सेल्सको निर्माणमा मद्दत गर्छ । एक अध्ययनको अनुसार, केराको हरियो बोक्रामा ट्रिप्टोफन नामक एमिनो एसिड हुन्छ, जसले राती राम्रो निन्द्रा ल्याउन मद्दत गर्छ ।

केराको बोक्रोमा पाईने सेरोटोनिन तनाव कम गर्नमा तथा डोपामिन मुटुको धड्कनलाई दुरुस्त गर्न तथा किड्नीलाई प्रयाप्त मात्रामा रगत आपूर्ति गर्नका लागि मदत पुर्‍याउँछ ।केरा एउटा यस्तो फल हो जस्ले मानिसको पौष्टीक तत्वमात्र नभई यसले मानिसलाई स्वास्थ्य रहन मद्धत गर्दछ ।यसमा भिटामिन बी ६, बी १२, पोटाशियम र म्याग्नेशियम जस्ता आवश्यक पोषक तत्व पाईन्छ । विशेषगरी केरा मसल्स र तौल बढाउनको लागि उपयोगी हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!